काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
यस्तै, आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहँदा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
11 Nov 2025