आज कुन विदेशी मुद्राको विनिमय दर कति?

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७७ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा तोकिएको छ।

सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा कायम भएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४ रुपैयाँ ५५ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा तोकिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३० पैसा र बिक्रीदर १५ रुपैयाँ ३६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा कायम भएको छ।

कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ १० पैसा र बिक्रीदर ४९४ रुपैयाँ ०५ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।

प्रतिक्रिया