काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।