काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आज अधिकांश स्थानमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार अहिले कुनै ठूलो प्रणाली सक्रिय नभएकाले देशभर स्थिर र सामान्य मौसमी अवस्था कायम रहेको छ।
07 Nov 2025