पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, बाँकी हिमाली भू–भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले जनाएका छन् ।

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ ।

प्रतिक्रिया