आजको मौसम : कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशका केही भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा कोशी र सुदूरपश्चिम प्रदेशमा विशेषगरी भारी वर्षा हुनसक्ने देखिएको छ ।

महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको बुलेटिनमा भनिएको छ, ूहाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको तुलनामा केही उत्तरतर्फ सरेको छ, जसले गर्दा नेपालको तराई क्षेत्रभर यसको प्रभाव परेको छ ।ू

यसको असरस्वरूप दिउँसो र रातको समयमा देशका धेरैजसो भू(भागमा आंशिकदेखि सामान्य बदली रही मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही तराई भू(भागमा मेघगर्जनसहितको वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

सावधानी अपनाउन आग्रह

महाशाखाले ती क्षेत्रका बासिन्दालाई सम्भावित पहिरो, बाढी तथा डुवानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

देशका अन्य भागहरूमा पनि आंशिकदेखि सामान्य बदली रही बेलुकीपख थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया