पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

यस्तै, हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ । तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

मौसमविद्हरूले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया