काठमाडौं । विवाह–शुभकार्यको मौसम सुरु भएसँगै सुनको मूल्य लगातार उकालो लागिरहेको छ भने चाँदीको मूल्यमा भने सामान्य घटबढ देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य पाँच हजार ६४५ रुपैयाँ रहेको थियो।
18 Jan 2026