काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको असर रहे पनि बाँकी भूभागमा भने कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। तर अन्य धेरै स्थानमा मौसम सामान्य रहनेछ।
महाशाखाले आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम प्रायः सफा रहने जनाएको छ।
यसैगरी शनिबार पनि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिए तापनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।
19 Dec 2025