देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले हुस्सु–कुहिरोका कारण बिहान र बेलुकीको समयमा सवारी आवागमनमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया