तराईमा हुस्सु, पहाडमा आंशिक बदली रहने मौसम पूर्वानुमान

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति, तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागिरहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने अन्य भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

प्रतिक्रिया