काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। पदभार ग्रहण गरेलगत्तै प्राप्त बधाई सन्देशमार्फत आएको उक्त निम्तोलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा स्वीकार गरेका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति भने अझै तय भएको छैन। दुवै देशबीच प्राविधिक तथा राजनीतिक तहमा आवश्यक तयारी सम्पन्न भएपछि मात्र भ्रमणको समय निर्धारण गरिनेछ।
मन्त्री खनालले मोरिससमा सञ्चारमाध्यमसँग कुरा गर्दै भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको जानकारी दिएका छन्। उनका अनुसार द्विपक्षीय संयन्त्रमार्फत छलफल गरी दुवै पक्षका लागि उपयुक्त हुने समयमा भ्रमण तय गरिनेछ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षासहित हुने यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।