तराईमा हावाहुरी, पहाड र हिमालमा वर्षा–हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आजको मौसम मिश्रित रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। तर, मौसममा आएको परिवर्तनका कारण केही स्थानहरूमा वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तो मौसमले दैनिक जनजीवनसँगै कृषि र यातायात क्षेत्रमा सामान्य असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्

प्रतिक्रिया