काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (चैत २९) सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको कारोबार मूल्य तोलाको २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार (चैत २७) सुन तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
आइतबार चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी ४ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।