इजरायलमा मृत्यु भएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को वैशाख २ गते बसेको बैठकले उक्त सहयोग दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिँदै अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएको उल्लेख गरे।

उनका अनुसार पीडित परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराइनेछ।

सरकारले यसअघि मन्त्रिपरिषद्का सीमित निर्णय मात्र सार्वजनिक गर्दै आएको भए पनि यसपटक विगतका निर्णयहरू समेत समेटेर सार्वजनिक गरिएको जनाएको छ।

प्रतिक्रिया