महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं । सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुने गरी जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।

उक्त निर्णयसँगै लेखकले तोकिएको समयसीमाभित्र मन्त्रालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सरकारले नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत यस्तो निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया