काठमाडौं । इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प तथा त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
नेपाल सरकारले भूकम्पबाट प्रभावित इन्डोनेसियाली सरकार र जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति प्रकट गरेको छ। नेपाल आफैंले पनि विनाशकारी भूकम्पको पीडा भोगिसकेको उल्लेख गर्दै प्राकृतिक विपत्तिबाट हुने मानवीय क्षतिको पीडा आफूहरूले गहिरोसँग बुझेको जनाएको छ।
नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट भूकम्पमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार, राहत र शीघ्र पुनःस्थापनाको कामना गरिएको छ।
16 Aug 2026