काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाले जनाएको अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
19 Jan 2026