काठमाडौं । देशभर आज मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा खुला आकाश रहनेछ।
महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिन सक्नेछ भने अन्य प्रदेशमा मौसम सफै रहने अनुमान गरिएको छ।
राति पनि देशभर मौसम स्थिर र सफा रहने महाशाखाले बताएको छ।
यसैबीच, महाशाखाले हाल तापक्रम क्रमिक रूपमा घट्दै गएको र चिसोको प्रभाव बढ्दै गएको उल्लेख गर्दै सर्वसाधारणलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
महाशाखाले बिहान–बेलुका हावामा बढ्दो चिसोका कारण न्यानो कपडा उपयोग गर्न र जेष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगी विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
17 Nov 2025