काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित तथा विकास साझेदारीका विषयमा छलफल भएको छ।
भेटका क्रममा दुई देशबीच हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताउनुभएको थियो।
त्यस अवसरमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले साझा हितका क्षेत्रमा दुवै देशले सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।
भेटलाई नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।