हेर्नुहोस्, आजको विदेशी विनिमय दर (पूर्ण विवरण)

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलरको खरिददर रु १५३.८६ र बिक्रीदर रु १५४.४६ कायम गरिएको छ।

यस्तै, एक युरोको खरिददर रु १७६.४० र बिक्रीदर रु १७७.०९ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर रु २०७.८० र बिक्रीदर रु २०८.६१ निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर रु १९०.५७ तथा बिक्रीदर रु १९१.३२ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलरको खरिददर रु १०७.६९ र बिक्रीदर रु १०८.११, क्यानेडियन डलरको खरिददर रु १०९.५८ र बिक्रीदर रु ११०.००, तथा सिङ्गापुर डलरको खरिददर रु ११९.३७ र बिक्रीदर रु ११९.८३ तोकिएको छ।

यसैगरी, १० जापानी येनको खरिददर रु ९.४९ र बिक्रीदर रु ९.५२, चिनियाँ युआनको खरिददर रु २२.७४ र बिक्रीदर रु २२.८२, साउदी रियालको खरिददर रु ४०.९७ र बिक्रीदर रु ४१.१३, कतारी रियालको खरिददर रु ४२.२१ र बिक्रीदर रु ४२.३७ रहेको छ।

त्यसैगरी, थाई भाटको खरिददर रु ४.५८ र बिक्रीदर रु ४.६०, यूएई दिर्हामको खरिददर रु ४१.८९ र बिक्रीदर रु ४२.०६, मलेसियन रिङ्गिटको खरिददर रु ३७.७८ र बिक्रीदर रु ३७.९३, तथा १०० दक्षिण कोरियाली वनको खरिददर रु १०.४० र बिक्रीदर रु १०.४५ कायम गरिएको छ।

यसैगरी, स्विडिस क्रोनरको खरिददर रु १६.०० र बिक्रीदर रु १६.०७, डेनिस क्रोनरको खरिददर रु २३.६० र बिक्रीदर रु २३.६९, हङकङ डलरको खरिददर रु १९.६३ र बिक्रीदर रु १९.७०, कुवेती दिनारको खरिददर रु ५००.३६ र बिक्रीदर रु ५०२.३१, बहराइन दिनारको खरिददर रु ४०८.०९ र बिक्रीदर रु ४०९.६८ तथा ओमानी रियालको खरिददर रु ३९९.६२ र बिक्रीदर रु ४०१.१७ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यी विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा परिमार्जन हुन सक्नेछन् भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्छ। 


प्रतिक्रिया