मानव सेवा आश्रमका बालबालिकाको शिक्षा र स्वास्थ्योपचारका लागि ४० लाखको त्रिपक्षीय सम्झौता

hitkhabar.com


काठमाडौं।
मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरूको स्वास्थ्योपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ खर्च गर्ने भएको छ।

कुल ४० लाख रुपैयाँमध्ये २७ लाख रुपैयाँ आश्रममा आश्रित बालबालिकाको शिक्षाका लागि तथा १३ लाख रुपैयाँ काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरूको आवश्यक स्वास्थ्योपचारका लागि खर्च गरिनेछ।

कोषको प्रभावकारी व्यवस्थापन तथा परिचालनका लागि काठमाडौं महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौतामा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक समितिका संयोजक रामकुमार के.सी. को रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसका कन्ट्री डाइरेक्टर कविर खड्गी तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी ले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया