पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा बदली

hitkhabar.com


काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि अन्य भूभागमा मौसम प्रायः खुल्ला रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिन सक्नेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति भने देशभर नै मौसम खुल्ला रहने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया