सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले सस्तो भएको हो।

सुनचाँदी व्यवसायीहरूको तथ्यांक अनुसार मूल्य घटेपछि सुनको कारोबार दर प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदीको मूल्य ४ हजार ९३५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया