सुनको मूल्य तोलाको तीन लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो

hitkhabar.com


काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढ्दै तीन लाख दुई हजार ७०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिनमा सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

यससँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५५ रुपैयाँले वृद्धि भई पाँच हजार २२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया