उच्च पदस्थको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन गर्ने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं । सरकारले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति जाँचबुझका लागि विशेष आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आयोग गठनबारे जानकारी दिएका छन्।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

आयोगले २०६२/६३ पछि सार्वजनिक पदमा पुगेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी पाएको छ।

सरकारले पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया