सुरक्षा संयन्त्र अध्ययन गर्न सरकारले गठन गर्‍यो उच्चस्तरीय समिति

hitkhabar.com


काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित सुरक्षा संयन्त्रको अध्ययन गर्न विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको समग्र पक्ष अध्ययनका लागि छुट्टै समिति बनाउने निर्णय गरेको हो ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले सुरक्षा संयन्त्रको विषयमा विस्तृत अध्ययन गर्न अलग समिति गठन गर्न सिफारिस गरेको थियो । सोही सिफारिस कार्यान्वयन गर्दै सरकार अघि बढेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी सदस्य रहेका छन् ।


प्रतिक्रिया