प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदसँग थाले विशेष अन्तरक्रिया

hitkhabar.com




काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सुरु गर्नुभएको अन्तरक्रियामा मुख्यगरी नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाका विषयमा छलफल भइरहेको छ।

त्यस्तै, वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा समेत गहन छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

प्रतिक्रिया