डलरदेखि दिनारसम्म: आज कुन विदेशी मुद्राको मूल्य कति?

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड स्टर्लिङलगायत प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर तोकिएको हो।

आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ २३ पैसाबिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। त्यसैगरी एक युरोको खरिददर १७३ रुपैयाँ ९६ पैसाबिक्रीदर १७४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ १५ पैसाबिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ६४ पैसाबिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा तोकिएको छ।

त्यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३७ पैसा, १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

खाडी मुलुकका मुद्राअनुसार साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल खरिद ४१ रुपैयाँ ७८ पैसा र बिक्री ४१ रुपैयाँ ९४ पैसा, यूएई दिर्हाम खरिद ४१ रुपैयाँ ४५ पैसा र बिक्री ४१ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।

यसैगरी कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार खरिद ४०३ रुपैयाँ ७६ पैसा र बिक्री ४०५ रुपैयाँ ३५ पैसा, तथा ओमानी रियाल खरिद ३९५ रुपैयाँ ३८ पैसा र बिक्री ३९६ रुपैयाँ ९४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दरमा जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने भएकाले कारोबारअघि सम्बन्धित बैंकबाट दर यकिन गर्न पनि आग्रह गरिएको छ।


प्रतिक्रिया