जोखिमयुक्त बस्ती अध्ययनका लागि प्राधिकरणले विकास साझेदारसँग गर्‍यो छलफल

hitkhabar.com


काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन गर्न आवश्यक लजिस्टिकसहित प्राविधिक जनशक्ति फिल्डमा परिचालन गर्ने विषयमा विकास साझेदार तथा साझेदार संस्थासँग छलफल गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा प्राधिकरणको सभाहलमा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित छलफलमा विभिन्न विकास साझेदार तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागी सबैजसो संस्थाका प्रतिनिधिहरूले जोखिमयुक्त बस्ती अध्ययनसम्बन्धी प्राधिकरणको कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्राधिकरणका अनुसार जोखिमयुक्त बस्तीको अध्ययनका लागि स्थानीय तहबाट वार्षिक रूपमा औसत तीन सयवटा माग प्राप्त हुने गरेको छ। तर बजेट तथा प्राविधिक जनशक्तिको अभावका कारण यस्ता अध्ययन विकास साझेदार तथा साझेदार संस्थाको सहयोगमा हुँदै आएका छन्।


प्रतिक्रिया