आगामी आर्थिक वर्षका १६६ विधेयकको सूची सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई हस्तान्तरण

hitkhabar.com


काठमाडौं । आज सम्माननीय सभामुख डोलप्रसाद अर्याल र सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष सरकारले आगामी आर्थिक वर्षमा निर्माण गर्ने कानुनको प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिकासहितको सूची हस्तान्तरण गरेको छ।


सरकारले संघीय संसदमा पेस गरिने विधेयकहरूको संख्या १६६ कायम गरेको जनाएको छ। तीमध्ये ९७ वटा नयाँ विधेयक रहेका छन् भने ६९ वटा संशोधनसम्बन्धी विधेयक समावेश छन्।


सरकारले आगामी आर्थिक वर्षमा निर्माण गर्ने कानुनलाई प्राथमिकताका आधारमा अघि बढाउने उद्देश्यले वार्षिक कार्यतालिकासहित उक्त सूची संसद नेतृत्वलाई हस्तान्तरण गरेको हो।


प्रतिक्रिया