काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
यस्तै, आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
08 Feb 2026