आजको मौसम : केही प्रदेशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव

hitkhabar.com


काठमाडौँ । कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी तथा भारतको तमिलनाडु आसपास सक्रिय रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मङ्गलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ।

काठमाडौँ उपत्यकामा आज बिहान ६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने अपेक्षा गरिएको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया