तिहार र छठ पर्व नजिकिँदै गर्दा कुम्हाल समूदाय व्यस्त

hitkhabar.com


रौतहट । मधेश प्रदेशका  विभिन्न जिल्लामा कुम्हाल समुदाय यतिबेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् ।

दिपावली, तिहार र छठ पर्व नजिकिँदै गर्दा उनिहरूलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । 

माटोका भाडा लक्ष्मीपुजादेखि हरेक कार्यमा आवश्यक पर्ने स्थानीय प्रमोद कुमारले बताए । 

माटोको भाडा शुद्ध र चोखो मानिने भएकाले देवीदेवतालाई यसमा नै प्रसादी राख्ने गरिएको उनको भनाइ छ । गाउँ–बस्तीमा रहेका कुम्हाल समुदायले अहिले माटाका दियो, धूपदानी, कलश, ठेकुवा भाँडा र अन्य सरसामान तयार पार्ने गरेको पाइन्छ । 

विशेष गरी तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले भाडा बनाउन रात दिन नभनी व्यस्त रहेको अधिकांश स्थानीय कुम्हालको भनाइ छ ।

माटाका भाँडा बनाउन ब्यस्त रहेका राकेश प्रजापतिले अहिले पर्वमा आवश्यक सामाग्री मात्रा बनाउने गरेको बताए ।  यो पेसाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै चाडपर्वको बेला बढी माटाका भाडाकुँडाहरू बनाउने गरेको उनको गुनासो छ ।

तर पछिल्ला वर्षहरूमा प्लास्टिक र स्टीलका भाँडाहरूको प्रयोग बढ्दै जाँदा कुम्हालहरूको परम्परागत पेशा संकटमा परेको छ । त्यसै पनि, वर्षको यही समयमा उनीहरूका लागि कामको सिजन मानिन्छ ।

गौर नगरपालिका ४ का बनारसी  पण्डीतले माटो, पानी र श्रमबाट नै माटाका भाँडा बन्ने गरेको बताए । आफुहरुले बनाएको भाँडा विभिन्न जिल्लासम्म पुग्ने  गरेको उनको भनाइ छ ।

उनीहरूले बनाएका माटाका दियोहरू तिहारमा लक्ष्मीपूजाको प्रतीकका रूपमा प्रयोग गरिन्छ भने छठ पर्वमा कलश, सूप, ठेकुवा भाँडा र अरघजस्ता सामग्री अत्यावश्यक मानिन्छन्। कुम्हाल समुदायको माटाका भाँडा  धर्मसँग गहिरो सम्बन्ध  जोडिन्छ ।


प्रतिक्रिया