काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नदेखिएकाले बिहिबार मौसम स्थिर र मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिन सक्ने छ भने बाँकी प्रदेशहरूमा आकाश खुला रहनेछ।
राति पनि अधिकांश स्थानमा मौसम स्थिर रहने अनुमान गरिएको छ। महाशाखाले हाल देशभर उल्लेखनीय वर्षा वा खराब मौसमको सम्भावना नरहेको जनाएको छ।
11 Dec 2025