देशभर मौसम सामान्य, तराईका केही स्थानमा हुस्सु–कुहिरो

hitkhabar.com


काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

मौसमविद्हरूले विशेषगरी बिहान र रातिको समयमा तराई क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया