प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) लाई शुभकामना

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमार्फत आजदेखि सुरु हुने एनपीएलले छोटो समयमै ठूलो खेलकुद महोत्सवको रूप लिन सफल भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्।

उनले एनपीएलमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण नेपाली खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै यसले नेपाली क्रिकेटको लोकप्रियता र आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको सन्देश दिएका छन्।

उनले नेपाली क्रिकेटको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा प्रतियोगिताले थप योगदान पुर्‍याउने अपेक्षासमेत व्यक्त गरेका छन्।

‘नेपाली क्रिकेटको जय होस्’ भन्ने सन्देशसहित प्रधानमन्त्री शाहले खेलाडी, आयोजक र क्यानको प्रयासको प्रशंसा गरेका छन्।

प्रतिक्रिया