देशका केही स्थानमा वर्षा/हिमपात, तराईमा तातो दिन हुने
hitkhabar.com
07 Jun 2026
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशसहित बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेशसहित बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश र बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।