आज सुनचाँदीको मूल्य कति छ ?

hitkhabar.com


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यो मंगलबारको तुलनामा तोलामा १०० रुपैयाँले घटेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

अर्कोतर्फ, चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया