देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

दिउँसोको समयमा तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहने अनुमान गरिएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

प्रतिक्रिया