काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ मा सम्मानित भएकी छन्।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित अवार्ड समारोहमा गौतमलाई नेपाली गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको हो।
गौतमलाई ‘फूल फुल्यो केशरी’ गीतमार्फत सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
प्रदान गरिएको सम्मान–पत्रमा प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकी गौतमको सांगीतिक योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ। साथै, उनको सांगीतिक यात्रा निरन्तर अघि बढोस् र आगामी दिनमा नेपाली गीत–संगीतको क्षेत्रमा थप महत्वपूर्ण योगदान पुर्याउन सफल होऊन् भन्ने शुभकामना व्यक्त गरिएको छ।
काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न समारोहमा कला, संगीत तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
प्रवासमा रहेर पनि नेपाली कला र संगीतसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएकी गौतमको यो सम्मानले नेपाली संगीतप्रतिको उनको समर्पण र योगदानलाई थप उजागर गरेको छ। अवार्डमा प्राप्त सम्मानले आगामी दिनमा नेपाली गीत–संगीतको क्षेत्रमा अझ सक्रिय भएर काम गर्न आफूलाई थप प्रेरणा मिलेको गौतमको भनाइ छ।