गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

hitkhabar.com


काठमाडौं । गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” बाट सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजना गरिएको न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको १०औँ संस्करणमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

काठमाडौंमा शुक्रबार आयोजित समारोहमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा अवार्ड वितरण गरिएको थियो। आयोजक संस्थाले गरिमा विकास बैंकलाई “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” को उपाधिबाट सम्मानित गरेको हो।

यस सम्मानले ग्राहकलाई सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई थप प्रेरणा मिलेको बैंकले जनाएको छ। बैंकले यस उपलब्धिमा साथ दिने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ। भारतीय चेम्बर अफ कमर्सद्वारा सन् २०२५ अगस्ट २९ मा आयोजित इमर्जिङ एशिया बैंकिङ अवार्डमा बैंकले उत्कृष्ट प्रदर्शन गर्दै सम्मान प्राप्त गरेको थियो। त्यस्तै, कर्पोरेट क्लब नेपालद्वारा २०२५ फेब्रुअरी २५ मा आयोजित अवार्ड समारोहमा पनि बैंक सम्मानित भएको थियो।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया