पश्चिमी वायु सक्रिय, पहाड–हिमालमा बादल र हल्का वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमको अवस्थालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया