प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री शाहले उद्घाटन गरेसँगै नेपाली क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा स्थापित एनपीएलको नयाँ सिजन सुरु भएको हो।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास, खेल पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेल पहिचान विस्तार गर्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले प्रतियोगिता सुरु हुनुअघि आज बिहान सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटप्रति शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले एनपीएललाई नेपालको ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई सफलताको शुभकामना दिनुभएको थियो।

एनपीएलले पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रियता बढाउँदै लगेको छ। तेस्रो संस्करणसँगै प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया