सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ । पछिल्लो दिनको तुलनामा सुन तोलामा ८०० रुपैयाँले घट्दै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको भाउ ५ हजार १६० रुपैयाँ थियो ।

बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र माग–आपूर्तिको सन्तुलनले मूल्यमा असर पारेको हो ।

प्रतिक्रिया