राष्ट्रिय सभामा आन्तरिक वायुसेवासम्बन्धी विधेयकमाथि छलफल हुँदै

hitkhabar.com


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ः१५ बजे बस्ने भएको छ। राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आन्तरिक वायुसेवासम्बन्धी विधेयकमाथि छलफल हुने भएको हो।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल तथा विचार–विमर्श हुने जनाइएको छ। बैठक राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनअन्तर्गतको बैठक हो।

यस विधेयकले आन्तरिक वायुसेवा सञ्चालनसँग सम्बन्धित दायित्व तथा व्यवस्थालाई कानुनी रूपमा व्यवस्थित गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया