सुन–चाँदीको मूल्यले बनायो फेरि नयाँ कीर्तिमान

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। सोमबार (पुस २८)सुनको मुल्यले अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि बजार तातेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन आइतबार (पुस २७) प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको सुन एकैदिनमा तोलामा चार हजार १०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ पुगेको छ। आइतबार चार हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिनमा तोलामा २०५ रुपैयाँले वृद्धि गर्दै नयाँ कीर्तिमान बनाउन सफल भएको छ।

सुन–चाँदीको मूल्यमा देखिएको यो तीव्र उछालले बजारमा चासो बढाएको छ। उपभोक्ता चकित छन् भने लगानीकर्ताको ध्यान फेरि बहुमूल्य धातुतर्फ केन्द्रित हुँदै गएको छ।


प्रतिक्रिया