काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहने विभागले जनाएको छ।
हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, सडक यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
08 Jan 2026