काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसमविद्हरूले बताएका छन् । स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली हुने देखिन्छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने तराईसहितका अन्य भू–भागमा मौसम सफा हुने अपेक्षा गरिएको छ । महाशाखाका अनुसार कोशीसहितका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना कायमै छ ।
26 Sep 2025