काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोसँग बिदाइ भेट गरेका छन्।
राजदूत लोरेन्जोले मंगलबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग बिदाइ भेट गरेकी हुन्।
भेटका क्रममा मन्त्री खनालले नेपाल–ईयू सम्बन्धलाई थप गहिरो बनाउन राजदूत लोरेन्जोले खेलेको भूमिकाको प्रशंसा गर्दै उनको आगामी कार्यका लागि शुभकामना व्यक्त गरे।
राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोग तथा सहकार्यप्रति गहिरो आभार व्यक्त गरिन्।
18 Aug 2026